कार्तिक १७ – कांग्रेसका उपसभापति एवम् तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलले मङ्सिर ४ गतेका लागि तय भएको संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।

प्रेस युनियन तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चुनाव सार्ने विषयमा कांग्रेस सहमत हुनै नसक्ने दाबी गरे । अब यो वा त्यो बहानामा निर्वाचन सर्न नसक्ने उनको भनाई थियो । – रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।