काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १०२ संक्रमित थपिएका छन् ।

अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो ।

उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।