काठमाडौं । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि सरकारले चाडपर्व मनाउने बारे पनि निर्णय गरेको छ ।
सरकारको निर्णय अनुसार अब कुनै पनि चाडपर्व घरभित्रका सदस्यमा मात्र सिमित रहने गरी मनाउन पाइने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
‘चाडपर्व आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर आ–आफ्नो परिवारको सदस्यहरुले मात्र मनाउने’ मन्त्रीपरिषदको निर्णयमा भनिएको छ ।
Comments








