पोखरामा माओवादीको मसाल जुलुस

माधव पनेरु
कार्तिक १२ । कास्कीको लेखनाथ नगरपालिका वडा नं १२ मा नेकपा–माओबादीले निर्वाचन बहिस्कारको पक्षमा मसाल जुलुस निकालेको छ ।

बर्तमान निर्वाचनले मुलुकमा निकास नभई द्धन्द निम्तने भन्दै माओबादीले शशक्त बहिस्कार गदै आएको छ ।

केही दिन देखि देशभर र्निबाचनको बिपक्षमा बिभिन्न घटनाहरु भईरहेको अबस्थामा कास्कीमा पनि माओबादीले मसाल जुलुस प्रर्दशन गरेको हो ।

त्यसैगरि थुमाको डाँडा गाबिसमा पनि माओबादी कार्यकर्ताले मसाल जुलुस प्रर्दशन गरेका छन । उनिहरुले र्निबाचनको शशक्त बहिस्कार गर्न जनालाई आग्रह गर्न मसाल प्रर्दशन गरेको बताएका छन । देशभर माओबादी लगायत र्निबाचन बहिस्कार गर्नेहरुले बिरोधका कार्यक्रम गदै आएका छन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।