कात्तिक १२ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलले नेकपा–माओवादीलाई पाखा लगाएको खुलासा गरेका छन् ।

झापाको केर्खामा आयोजित चुनावी सभामा बोल्दै थापाले चार दलले नेकपा–माओवादीलाई योजनाबद्ध रुपले चुनावमा आउन नदिएको बताए ।

चार दलको चलाखिपुर्ण निर्णयले माओवादी लगायतका दल निर्वाचनमा सहभागि हुन नपाएको उनको भनाई छ ।

राष्ट्रिय एकता यात्राको क्रममा झापा आईपुगेका थापाले अबको निर्वाचनमा जनताले नया शक्तिको छनौट गर्ने भएकाले राप्रपा नेपाल त्यो शक्ति भएर उदाउने समेत दावि गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।