माओवादीलाई कसैले रोक्न सक्दैन : दाहाल

काठमाडौँ  – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी
निर्वाचनमा एमाओवादीलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्।


दाहालले
आफूहरुको प्रतिद्वन्द्वीले हार स्वीकार गरिसकेको दावी गर्दै आगामी मंसिर ४
मा संविधानसभाको निर्वाचनमा एमाओवादीलाई सकैले रोक्न सक्दैन भन्दै भने
‘उहाँले प्रत्यक्षतर्फ १ सय ३० देखि १ सय ५० सिट जित्छ ।’

दाहालले
कुनै शक्तिले पनि एकीकृत माओवादीको विजयलाई रोक्न नसक्ने दाबी गर्दै भने
‘कांग्रेस–एमाले पनि अब माओवादीको विजयलाई रोक्न सकिन्न भन्ने निष्कर्षमा
पुगेको मैले थाहा पाएको छु ।’

बुधबार दाहालले एकीकृत माओवादीको
मुखपत्र कृष्णसेन समाचार सेवालाई दिएको अन्तवार्तामा भनेका छन् ‘अहिले
हाम्रो बहुमतलाई कसैले रोक्न सक्दैन ।’

दाहालले आगामी संविधानसभाको
निर्वाचनका अधिकांश उम्मेदवार जिल्लाबाट आएका नामको आधारमा सिफारिस गरिएको
भन्दै बागी उम्मेदवारलाई कारबाही हुने मसेत बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।