जेठ १३ । मेगा बैंक लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले आगामी जेठ १९ गते देखि २२ गतेसम्म ६९ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको आज राजधानीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।
सर्वसाधारणका लागि कुल ३० प्रतिशत अर्थात् रु ६९ करोड ९० लाखबराबरको सेयर निष्कासन गर्न नागरिक लगानी कोष, नबिल इन्भेस्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष प्राडा मदनराज दाहालले जानकारी दिए ।
जारी पुँजी कुल रु दुई अर्ब ३
३ करोडमध्ये सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत सेयर प्रतिकित्ता रु १०० का दरले सर्वसाधारणले सकेजति वा चाहेजति सेयर खरिद गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।
विसं २०६७ साउन ७ गते स्थापना भएको सो बैंकले यस आर्थिक वर्षको तेस्रो त्रयमाससम्म रु १३ करोड मुनाफा आर्जन गरेको जनाएको छ ।
बैंकले साना तथा मझौला उद्योग व्यवसाय एवम् विपन्न वर्गतर्फको लगानीलाई बढाउँदै कर्जा जोखिमलाई समेत न्यून गर्दै आएको छ । हालसम्म बैंकले १२ अर्ब ८४ करोड निक्षेप सङ्कलन र ११ अर्ब ८७ करोड लगानी गरेको जनाएको छ ।
अधिकृत पुँजी रु चार अर्ब तथा जारी पुँजी रु दुई अर्ब ३३ करोड रहेको उक्त बैंकको ६३ जिल्लामा शाखा र एक हजार २१९ ग्राहक रहेको बताइन्छ ।







