काठमाडौं १० माघ ।
राष्ट्रिय प्रविधि मेला (लोकस प्रदर्शनी) अन्तर्गत आयोजित टेक डिबेट २०१८ मा ओएस समूह पहिलो बन्दै १५ हजार राशीको पुरस्कार जितेको छ ।
ब्रिटिश संसदीय प्रणालीमा आधारित रहेर गरिएको टेक डिबेटमा १६ समूहले प्रविधि सम्बन्धी पक्ष विपक्षमा भाग लिएका थिए । ओएस टिमले डिबेटको अन्तिममा थापा समूह, आई क्यान्डी र नेम समूहलाई हराउँदै पहिलो बनेको थियो ।
डिबेटमा ओएसका सौभर भट्ट र समूह यू विल नेभर विन एगेनका पवन अधिकारी उत्कृष्ट वक्ता घोषित हुँदै पाँच हजार समूहमा जित्न सफल भए ।
कार्यक्रममा डिबेट नेटवर्क नेपाल र इस्लिंग्तन कलेजको संयुक्त प्रयासमा सम्पन्न गरिएको थियो । डिबेट नेटवर्क नेपालले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यस क्षेत्रमा कार्य गर्दै आएको छ ।
![]() |
| डिबेटमा भाग लिदैं सहभागी |
लोकस वार्षिक रुपमा आयोजना हुने प्रविधि सम्बन्धी प्रदर्शनी हो । यो लोकसको १५ औं संस्करण हो ।
लोकस हरेक वर्ष पुल्चोक क्याम्पसमा अध्ययरत इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ संकायका विद्यार्थीहरुद्धारा आयोजना गरिदैं आएको छ ।
लोकस प्रदर्शनीको यस वर्षका मुख्य नारा ‘स्मार्ट सिटी’ केन्द्रित बनाइएको छ । लोकस प्रदर्शनीको मुख्य प्रदर्शनीहरु आगामी १९ माघदेखि तीनदिनसम्म क्याम्पस परिसरमा चल्ने लोकस मिडिया संयोजक वसन्त चौलागाईले जानकारी दिए ।
Comments








![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)
