दीपक ज्योति पौडेल, बेल्जियम – विगत एक दशक देखि वृद्ध वृद्धा तथा अनाथ बालबालिकालाई आश्रय दिइरहेको आमाघरलाई बेल्जियमका केहि नेपालीहरुले रु ८० हजार सहयोग गरेका छन ।
बेल्जियम निवासी सूर्य सापकोटाले गत मङ्सिर १८ गते काठमाण्डौ रविभवन स्थित बृद्वावस्था व्यावस्थापन तथा सामाजिक कल्याण गुठीमा पुगी समाजसेवी दिलशोभालाई बेल्जियमबाट पठाईएको नगद रकम हस्तान्तरण गरेका थिए।
बेल्जियमबाट शहदेव गौतम, दुर्गा सापकोट, सूर्य सापकोट, ध्रुव रेग्मी, दीपक ज्योति पौडेल,विष्णु तिवारी, विष्णु सापकोटा, रामहरी घिमिरे, काशी पौडेल र डिल्ली भण्डारीले सहयोग गरेका थिए। सो संस्थामा अहिले ४४ जना वृद्धा, वृद्ध र ५० जना बालबालिकाले आश्रय लिईरहेका छन् ।
Comments







