एकपछि अर्को फिल्म राम्रो चलेसँगै चर्चामा आएका बलिउड नायक सलमान खानले एक फिल्म खेल्नका लागि ८० करोड भारु पारिश्रमिक मागेका छन् ।
साजिद नाडियाडवालाले निर्माण गर्न लागेको फिल्म किक का लागि उनले उक्त रकम माग गरेका हुन् ।
यसअघि सलमानले ७० करोड मागेको भएपनि अचानक १० करोड भाउ उनले बढाएका हुन् ।
सलमान र साजिद एक अर्काबीचका नजिकका साथी भएकाले कति रकममा सम्झौता गर्ने भन्ने विषयमा कुराकानी भईरहेको बताइएको छ ।
एक था टाइगरले किर्तिमानी कमाइ गरेसँगै सलमानको पनि भाउ ह्वात्तै बढेको हो । तर उनले यो फिल्मका कतिमा खेल्ने हुन् त्यो भने हेर्न बाँकी छ ।
Comments







