मंसिर २० – जुत्ता माग्दा नदिएको विषयमा छुरा प्रहार गरी ज्यान मार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर नगरपालिका–८ बस्ने २१ वर्षीय अमर साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी समेतका १९ वर्षीय चन्दन साहले मङ्सिर १९ गते साँझ सोही नगरपालिका–४ बस्ने मोडेल क्याम्पस जनकपुरमा विविएसमा अध्ययनरत २२ वर्षीय गौरी मिश्रलाई जुत्ता माग्दा नदिएको विषयमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएपछि जनकपुर अञ्चल अस्पताल लगिएकोमा उपचारकै क्रममा साहको मृत्यु भएको थियो ।

फरार चन्दन साहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।