मंसिर २० – जनजागृति निमावि, कास्कीका शिक्षक अर्जुन गिरीको आज लेखनाथ नगरपालिका वडा नं १३, तल्लोगगनगौडास्थित खहरे खोलामा मृत अवस्थामा शव फेला परेको छ ।
मृतक गिरीको शव प्ररम्भिक अनुसन्धानपछि पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
आज नै कास्कीको कृष्ति गाविस वडा नं ८ स्थायी घर भई हाल पोखरा–१७, छोरेपाटन बस्ने वर्ष २३ का विशाल गुरुङलाई पोखरा–१०, सिताराम हाउजिङबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङको साथबाट बेलायतमा बनेको पेस्तोल एक थान र सो पेस्तोलको म्याग्जिन एक थान पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी आज दिउसो पोखराको जिरो किलोमिटरमा जर्बजस्ती चन्दा उठाउने र नदिए अपहरण गर्ने धम्की दिने पोखरा–१३, बाँझापाटनका विनोद गुरुङ, कमलपोखरी बस्ने मनजिल गुरुङलाई पुर्पक्षका लागि थुनामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।








