मंसिर २० – राजधानीमा cको मासु किलोको १५ रुपैयाँ घटेको छ । जिउदो कुखुराको भाउ घटेसँगै कुखुराको मासु सस्तो भएको हो ।

कुखुराको मासु उत्पादन बढेर तराईबाट कुखुरा बढी आएपछि किलोमा २ सय रुपैयाँ रहेको कुखुराको मासु घटेर किलोको १ सय ८५ रुपैयाँमा झरेको हो ।

सोमबारसम्म किलोको १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जिउँदो कुखुरा मंगलबारदेखि किलोको १ सय ३५ रुपैयाँमा कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।

मासुको भाउ घटेपछि किसानले लागतभन्दा कममा कुखुरा बिक्री गर्नुपर्ने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।