मंसिर २० – ६ हजारमै ट्याब्लेट दिन्छु भनेर फर्म भराउने कम्पनीलाई स्पष्टिकरणका लागि बोलाइएको छ ।

गत वर्षको क्यान इन्फोटेक मेलामा ६ हजार रुपैयाँमा ट्याब्लेट पिसी दिने भनेर प्रचार गर्ने गिजमोस नेपाल प्रालिले उपभोक्तालाई बढी रकम लिएको भन्दै वाणिज्य विभागले बोलाएको हो ।

त्यसबेला ६ हजारमा ट्याब्लेट दिने भन्दै बुकिङ गराएको कम्पनीले बुकिङकर्तालाई ५ सय रुपैयाँ थप गर्न लगाएको तथ्य फेला परेको विभागले जनाउको छ ।

सात दिनभित्र विभागमा उपस्थित भई बयान दिएपछि कम्पनीलाई थप कारबाही अघि बढाउने विभागले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।