मंसिर २० – अबदेखि नेपालमा गेसपेपर प्रयोग गैर कानुनी काम हुने भएको छ । अब विद्यार्थीले गेसपेपर प्रयोग गर्न नपाउने भएका छन् भने छाप्ने र छपाउनेलाई पनि कारबाही हुने भएको छ ।

गेसपेपरका कारणले विद्यार्थीको पढ्ने क्षमतामा पूर्ण रुपमा ह्रास आएको निष्कर्षसहित शिक्षा मन्त्रालयले यो बर्षदेखि नै माध्यमिक र उच्च माध्यमिक तहमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मंगलबारको मन्त्री स्तरीय निर्णयबाट गेसपेपरलाई पूर्ण प्रतिवन्ध लगाइने भएको हो ।

शिक्षा मन्त्रालयले यो बर्षको एसएलसी र उच्च माविको परीक्षामा गेसपेपर प्रयोग गर्न नपाइने निर्णय गरेको जानकारी गराउँदै गेसपेपर प्रयोगकर्ता र प्रकाशकलाई कारबाही गरिने समेत जनाएको छ ।

अबदेखि गेसपेपर प्रयोगकर्ता र प्रकाशकलाई शिक्षा ऐनअनुसार कारबाही गरिने भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।