कात्तिक २२ – १५ बर्षसम्म जेल सजाय बेहोरेका नेपाली गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले अन्तिम फैसला गर्दै सम्पूर्ण रुपमा निर्दोष ठहर गरेको छ ।

युवती हत्याको अभियोगमा उनले जापानमा १५ बर्षसम्म जेल सजाय बेहोरेका थिए ।

डीएनए परीक्षणसहितका नतिजाबाट निर्दोष देखिएका गोबिन्द चार महिनाअघि नेपाल फिरेर अन्तिम न्यायिक फैसलाको प्रतीक्षामा थिए ।

मैनाली पूर्णत निर्दोष रहेको भन्दै मुद्दा फिर्ता लिनेबारेको सरकारी वकिलको निवेदन गत सोमबार उच्च अदालतमा पेश भएपछि आज बिहान बसेको अदालती इजलासले मुद्दामा अन्तिम फैसला सुनाएको हो ।

यो फैसलापछि मैनालीले बेहोरेको अन्यायपूर्ण जेल सजायबिरुद्ध क्षतिपूर्ति प्रक्रिया थालिने भएको छ । क्षतिपूर्ति प्रक्रिया टुंगिन भने एक बर्षसम्म लाग्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।