कात्तिक २२ – मानव अधिकार उल्लंघनको विषयलाई लिएर नेपाल प्रहरीका महानिरीक्षक कुवेरसिंह रानालाई बेलायतले भिषा नदिएको खुलासा भएको छ ।
सुरक्षा प्रमुखको हैसियतमा इन्टरपोलको महासभामा भाग लिन जाने क्रममा एक हप्ता अगाडी नै उनले भिषा आवेदन दिए पनि नेपालस्थित बेलायती दुतावासले उनलाई भिषा नदिएको हो ।
इटलीमा हुने इन्टरपोलको ८२ औँ महासभामा भाग लिन त्यहाँ जाने भिषा उनलाई मिलेपछि त्यहाँबाट बेलायत हुँदै फर्कने महानिरीक्षक रानाको योजना रहेको थियो । तर, दुतावासले मानव अधिकार उल्लंघनको आरोपी भन्दै उनलाई दुतावासले भिषा दिन नै अस्वीकार गरेको हो ।
भिषाको आवेदन दिएपछि दुतावासले मानव अधिकार उल्लंघनमा संलग्न देखिएकालाई आफ्नो देशमा आउन अनुमति नदिन आफ्नो देशको नीति रहेको जवाफ दिएको थियो ।
सरकारले विशेष निर्णय नगरेसम्म रानालाई बेलायत जाने अनुमति दिन नसकिने दुतावासले जनाएको छ ।
बेलायतका लागि उनले भिषा नपाए पनि उनी गृहमन्त्री विजयकुमार गच्छदारसहितको टोलिसँग इटली भने पुगिसकेका छन् ।





fafa
छि छि छि देस को येत्रो सुरक्षा प्रमुख भएर पनि दुइचार दिनको लागी अर्को देसको भिसा पाउदैनौ भने तिमेरु को हैसियत के बनायेछौ र कस्तो काम गर्दो रैछौ भन्ने प्रस्ट छ यहा , अरुलाई दोस दिने हैन कमजोरी आफै मा हेर कस्तो रहेछौ करोडौ को जिम्मा लिन बसेको तिमेरु नै …