बारुली कम्मर भाचेरै मनाउ तीज
तिमी छ्मछ्मी नाचेरै मनाउ तीज
सुख सधै कहा मिल्छ र जिबनमा
आज त तिमी हासेरै मनाउ तीज

सबैसंग मित्रता गासेरै मनाउ तीज
मनको तिक्तता नासेरै मनाउ तीज
कति रमाइलो हुन्छ होला यो तीज
सबैसंग आत्मीयता टासेरै मनाउ तीज

सबै संगीहरु जुटेरै मनाउ तीज
च्यातिएकोहरू खुटेरै मनाउ तीज
भोली केहो कसले देखेको छ र यहाँ
मस्ती जति सबै लुटेरै मनाउ तीज

आफ्नो हैसियत जाचेरै मनाउ तीज
पीड़ा लुकाई बाचेरै मनाउ तीज
इज्जत सबै भन्दा ठूलो कुरा हो चेली
आफ्नो इज्जतलाई साचेरै मनाउ तीज
    – सागर सिलवाल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।