काठमाडौं । बाढीका कारण त्रिशुली वेत्रावती हुँदै जाने पासाङलामु राजमार्ग क्षतिग्रस्त भएपछि धुन्चे जोड्ने भनिएको वैकल्पिक मार्गको अवस्था खराब देखिएको छ ।
सरकारले टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान हुँदै धुन्चेसम्म ४ चक्के साना सवारीसाधन सञ्चालन हुने जनाए पनि बाटोको दुरावस्थाका कारण यात्रुहरूले चरमसास्ती भोग्न बाध्य भएका छन्।
पहिरो र हिलोका कारण दर्जनौं गाडीहरू फसिरहेका छन्। एक तर्फीको कच्ची सडकमा दुवैतिरबाट सवारी चल्दा राहतसहितका अत्यावश्यक सामाग्री लिएर गएका सवारी साधनहरु फसेका छन्।
पहिरो र हिलोका कारण रसुवाको नौकुण्ड गाउँपालिका(३ मा पर्ने गिजेलको जङ्गलमा एक सय भन्दा बढी सवारी साधन फसेका छन्।
आइतबार दिउँसो कालिकास्थानका लागि विदुरबाट राहत लिएर गएका एक चालक आफूहरू सोमबार बिहान ९ बजेसम्म पनि जङ्गलमै रहेको बताउाछन् ।




