काठमाडौँ । बाढी प्रभावित क्षेत्रहरूमा ठूलो परिमाणमा राहत सामग्री संकलन भएपनि पीडितसम्म पुग्न भने नसकेको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयको पछिल्लो निर्देशनका कारण प्रभावित क्षेत्रका फिल्डहरूमा राहत सामग्री थुप्रिए पनि वितरण कार्य नभएको हो । दातृ निकाय, स्वदेशी तथा विदेशी संघ संस्था तथा विभिन्न व्यक्तिहरुद्धारा राहत संकलन भएको हो ।
माथिल्लो तहबाट अर्को निर्देशन नआएसम्म राहत सामग्री संकलन गरेर मात्र राख्न र वितरण नगर्न भनिएको भन्दै राहत सामग्री वितरण नभएको हो ।
यसअघि नुवाकोट केन्द्रित रहेको राहत सामग्री पछिल्ला दिनहरूमा रसुवालगायतका दुर्गम प्रभावित क्षेत्रहरूमा पनि पर्याप्त मात्रामा पुगे पनि वितरण भने नभएको हो ।
एकद्वार प्रणाली’ र सरकारी प्रक्रियाको नाममा राहत वितरण रोकिँदा प्रभावितहरू भने थप मारमा परेका छन्।




