२२ असार – बागमती नदीको किनाराबाट हटाइएका सुकुम्वासीलाई सरकारले सुन्दरीघाटमा राख्ने भन्दै टहरा निर्माण गर्न थालेपछि त्यसको विरोधस्वरुप स्थानीयवासीले आज ललितपुर बन्द गरेका हुन् ।

ललितपुरको सुन्दरीघाटमा सुकुम्वासीका लागि बनाइन लागेको टहरा हटाउनुपर्ने माग राख्दै त्यहाँका स्थानीयवासीले आज ललितपुर बन्द गराएका हुन् ।

बन्दका कारण बिहानदेखि ललितपुर क्षेत्रको यातायातसमेत चल्न सकेको छैन । जसका कारण विद्यालय तथा कार्यालय जाने मानिस प्रभावित भएका छन् ।

सुन्दरीघाटमा रहेको ५८६ रोपनी जग्गा सार्वजनिक पर्ति जग्गा नभई स्थानीयवासीको पैतृक सम्पत्तिका रूपमा रहेको र २०३२ सालमा तत्कालीन सरकारले त्यहाँ मल पोखरी निर्माण गर्न भन्दै अधिग्रहण गरेका कारण त्यहाँका कतिपय घरपरिवार सुकुम्वासी बन्नुपरेको थियो ।

हाल अन्य व्यक्तिका लागि यहाँ जबर्जस्ती घरटहरा निर्माण गर्न खोज्नु अन्यायपूर्ण हुने तर्क स्थानीयवासीको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।