Saturday, October 10, 2026
15.2 C
Kathmandu
Home समाचार मुग्लिन–नारायणगढ सडकखण्ड अनिश्चितकालका लागि बन्द

मुग्लिन–नारायणगढ सडकखण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्ड अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ।

रातिको समयमा सडकको जोखिम पहिचान गर्न कठिन हुने भएकाले सम्भावित दुर्घटना तथा थप मानवीय क्षति रोक्न सडकखण्डमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न पनि प्रहरीले अपिल गरेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।