Friday, September 18, 2026
21.1 C
Kathmandu
Home समाचार एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र नुवाकोट, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित भएको क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस

काठमाडौं । रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन् ।

धादिङबेँसीबाट तीर्थयात्री बोकेर रसुवातर्फ गएको बा ५ ख १२५० नम्बरको बस र चालकसहित यात्रुहरू नुवाकोटको बेत्रावती पुगेपछि सम्पर्कविहीन भएका हुन् । बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए ।

बस बुधबार बिहान करिब ९ः१५ बजे बेत्रावती पुगेको जानकारी प्राप्त भएको थियो। त्यसपछि तिब्बती क्षेत्रबाट भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।