काठमाडाैं । काठमाडौंस्थित चिनियाँ दूतावासले बाढीको चेतावनी दिएन भनेर लागेको आरोपलाई खण्डन गर्दै आपत्ति जनाएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत उसले चेतावनी दिएन भन्ने धारणामा सत्यता नभएकाे बताएको हो।
साथै वास्तविकता भन्दै नेपालको भूभागमा भूकम्प जाँदा हिमताल विस्फोटका कारणले पहिरो गएको उल्लेख गरेको छ।
दूतावासले कसैलाई आरोप लगाएर कुनै फाइदा नहुने भएकाले सहकार्यले नै ज्यान जोगाउन सक्ने पनि बताएको छ।
दूतावासले चीनको सिझाङ क्षेत्रमा तीन जनाको मृत्यु र ५५८ जना बेपत्ता रहेको जानकारी दिएको छ। त्यहाँबाट दुई जनाको उद्धार समेत गरेको छ।




