असार १० – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको एक्कासी स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना गरिएको छ ।

नेता पौडेलको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसीयुमा राखेर उपचार भईरहेको छ ।

पौडेललाई निमोनिया र उच्च रक्तचापको समस्या देखिएको बताइएको छ । साथै रगतमा अक्सीजनको कमी पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

पौडेललाई थप पाँच दिन आइसियूमा राखेर उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको पौडेलका निजी सहयोगि जगदिश न्यौपानेले जानकारी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।