असार १० – चैत २५ बाट सुरु भएको रातो मच्छिन्द्रनाथ जात्राको आज भोटो देखाएर सम्पन्न हुँदैछ ।
भोटो हेर्न राष्ट्रपति ५ बजे ललितपुर, जावलाखेल जानेछन् भने भोटो देखाईसकेपछि यो जात्रा सम्पन्न हुने छ ।
वर्षा र सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा चैत २५ बाट सुरु भएको थियो । सोही जात्रा अन्तर्गत आज बेलुकी करिब ५ बजे जावलाखेलमा राखिएको मच्छिन्द्रनाथको भोटो राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रदर्शन गरेपछि जात्रा सम्पन्न हुने भएको हो ।
भोलि हुने सो भोटो देखाउने जात्राको गुठी संस्थान र ललितपुर उपमहानगरपालिका र ललितपुर प्रहरी कार्यालयको समन्वयमा हिजै सम्पूर्ण तयारी पूरा भएको हो ।
गुठी संस्थानका प्रमुख लेखनाथ सापकोटाका अनुसार रथयात्राको सम्पूर्ण व्यवस्था र भोटो देखाउने जिम्मेवारी गुठी संस्थानको हुन्छ भने जात्रा तयारीसम्बन्धी व्यवस्थापन ललितपुर उपमहानगरपालिका र सुरक्षा व्यवस्था ललितपुर प्रहरीले गर्ने गरेको छ ।
करिब तीन महिनासम्म सञ्चालित यो जात्रा गुरु र शुक्र ग्रहको अस्त र उदयका कारण थट्टीटोलमा थप एक महिना रोकिएको थियो ।
यसैबीच, भोटो जात्राको अवसरमा आज सरकारले काठमाडौँमा भने सार्वजनिक बिदा समेत दिएको छ ।
|