असार १० – एकीकृत नेकपा माओवादीबाट विभाजित भएर नेकपा (माओावदी) पार्टी घोषणा गरेको वैद्य किरण पक्षले आज नयाँ पार्टी घोषणा पछि पहिलो पटक राष्ट्रपति डा. रामवरण यादवलाई भेटेको छ ।

राष्ट्रपति यादवसँग एकीकृत नेकपा (माओवादी) बाट भर्खरै विभाजित भएर गठन भएको नेकपा –माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भेटवार्ता गरेका हुन् ।

राष्ट्रिपति निवास शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

सो क्रममा वैद्यले वर्तमान सङ्कटको निकासका लागि गोलमेच सम्मेलन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग समेत गरेको छ । उसले यी मागहरु यसअघिदेखि नै उठाउँदै आएको विषय हो ।

वैद्यले राष्ट्रपति डा। रामवरण यादवलाई देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि पहल थाल्न आग्रह समेत गरेको छ ।

वैद्य नेतृत्वको नेकपा–माओवादीको केही दिन अगाडि सम्पन्न कार्यकर्ता भेलाले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर ‘अन्तरिम संयुक्त सरकार’ गठन गर्नुपर्ने निर्णय गरेसँगै आज राष्ट्रपतिसँगको भेटलाई निक्कै महत्वका साथ हेरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।