सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको हत्यारा अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैन । उनीसँगै रहेका उनका सुरक्षा कार्डलाई त्यतिबेला दुई तीन गोलि हानिएपनि उनी भने बाँच्न सफल भएका छन् ।
जस बेला कसरी गोलि चल्यो त प्रतिमा बास्कोटा ९कान्तिपुर० को सौजन्यमा नेपाल प्रहरीका असई महेश चौधरी अर्थात न्यायाधिस बमका सुरक्षागार्डले बताएको घटनाबारेको रहस्य यस्तो छ : –
 बंगलामुखी मन्दिरमा रानी साहेब (रणबहादुर बमकी श्रीमती) र सानो राजासाब
(बमका कान्छा छोरा) की श्रीमतीलाई छाडेर हामी बाहिरबाटै मन्दिरको दर्शन गरी
सर्वोच्च अदालततर्फ हिँडेका थियौं । रानी साहेबहरू राम्ररी दर्शन गर्न
लाइनमा बस्नुभएको थियो । मन्दिर बाहिर आएर गाडी चढेर मैले रेडियो बजाउँदा
कान्तिपुर एफएममा ११ बजेको समाचार आइरहेको थियो । म चालक बस्ने सिटको छेउमा
थिएँ । श्रीमान् र श्रीमान्का साथी राम गिरी पछाडिको सिटमा हुनुहुन्थ्यो ।
शंखमूल पुल पुग्न नपाउँदै हामी यूएन पार्क वाग्मती करिडोर हुँदै थापाथली
निस्कनु थियो । मैले चालक अष्ट लामालाई टाउन प्लानिङको ठूलो र सीधा बाटोबाट
भित्र पसौं भनें तर चालकले खोला किनारको बाटोबाट गाडी लगे ।

हामी खोला किनार पस्दा एउटा मोटरसाइकल सोझै बाटोबाट अघि बढेको
थियो । दुईतिरका बाटो जोडिने पहिलो मोडमा मोटरसाइकल बिगि्रएजसो गरेर
बिस्तारै कुद्यो । अघि-अघि पुगेपछि मोटरसाइकल तेस्र्यो । तेर्सिएको
स्थानभन्दा २० मिटर टाढै हाम्रो चालकले गाडी रोके । म गाडीबाट उत्रिएँ ।
उत्रँदै गर्दा मैले चालकलाई तयारी अवस्थामा बस्नु भनेको थिएँ ।

मोटरसाइकलबाट एउटा व्यक्ति ओर्लियो । उसले हेलमेट खोल्यो । कालो माक्स
लगाएको थियो । मैले उसलाई ‘हामीलाई हतार छ किन बीच बाटोमा गाडी रोकेको’
भनेर सोधें । उसले हर्न बजाउनु पर्दैन भन्यो । हर्न बजाएको त हो नि भन्दा
उसले दुईपल्ट सरी सरी भन्यो र मोटरसाइकल भएतिर फर्कियो । मोटरसाइकलमा
भएकाले स्ट्यान्ड उठाउन खोजेजसो गर्‍यो । मोटरसाइकलतिर फर्किएकाले हातका
औंला देखाउँदै एक, दुई, तीन भनेर गन्यो । त्यसो गर्दा मात्र म झसंग भएँ ।

दुवै जनाले ममाथि प्रहार गरे । एउटा गोली टाउकोमाथिबाट कपाललाई छुँदै गयो ।
अर्को गोली घाँटीमा लाग्यो । मैले घुँडा टेकेर कम्मरमा रहेको पेस्तोल
निकाल्न खोजें । तर हातले कम्मरमा पेस्तोल राख्ने खोललाई खोल्न सकेन । मलाई
हानेपछि उनीहरू गाडीतिर दौडिए । घाँटीमा गोली लागिसकेकाले म बाँच्छु जस्तो
त लागेको थिएन । मैले टाउको घुमाएर चालकलाई गाडी भगा भन्दा त गाडीमा चालक
नै देखिनँ । पछिल्लो सिटमा बस्नु भएका श्रीमान्ले दुवै हात ठाडो पारेर
आत्मसमर्पण गरेको देखें । मन थामिनसक्नु भयो । जसरी भए पनि श्रीमान्लाई
बचाउँछु जस्तो लाग्यो । गोली हान्ने एउटालाई मैले तानें । उसले श्रीमान्
बसेको गाडीको ढोका समातेको रहेछ । ढोका खुल्यो । श्रीमान् चार खुट्टा
टेक्दै भाग्नुभयो । म श्रीमान्लाई जोगाउन उहाँतिर गएर छाती थापें । एउटाले
पेस्तोल छातीमै टसाएर ममाथि गोली हान्यो । ममाथि नै ३ राउन्ड गोली खर्च
गरिसकेका हुनाले यिनीहरूसँग धेरै छैन होला जस्तो लाग्यो ।

मर्छु जस्तै भएपछि श्रीमान्लाई बचाउन उहाँको शरीर ढाक्ने गरी दौडिएँ ।
उनीसँग भएका गोली सकिएछ । एउटाले मतिर देखाउँदै योसँग पनि पेस्तोल छ त्यही
झिकेर हान भनेको सुनें । उनीहरूलाई पेस्तोल निकाल्न नदिन म भुइँमा लडें ।
उनीहरूले पेस्तोलको म्यागजिन निकालेर गोली हेरे, अनि भागे, म श्रीमान्
भएतिर गएँ, अलि पर पुग्दा स्थानीयहरू हामीतिर आइरहेका थिए । मैले
श्रीमान्लाई बचाइदिनुहोस्, उहाँ भीआईपी हो भन्दै आग्रह गरें ।
स्थानीयले मद्दत गरेर अस्पताल पनि पुर्‍याए । ट्याक्सीमा राखेपछि मैले एक
हातले मेरो रगत बगिरहेको घाँटी र अर्को हातले श्रीमान्को छातीमा रगत आएको
ठाउँमा रगत रोक्ने कोसिस गरेँ । थापाथली नपुग्दै बीचमा एउटा नयाँ पुल बनेको
छ । त्यहाँसम्म श्रीमान् होसमा हुनुहुन्थ्यो । मलाई असई साब तपाईंलाई ठीक छ
भनेर सोध्नु भो । मैले ठीक छ भनेँ । त्यसपछि केही थाहा छैन । म अघिल्लो
साउनदेखि बम श्रीमान्को पीएसओ बसेको हुँ । बिहान डेढ घन्टा एक्लै मर्निङवाक
र साँझ इभिनिङ वाक जानु हुन्थ्यो । कतैबाट कुनै प्रकारको धम्की आएको थाहा
छैन । मैले अस्ति जेठ ९ गते श्रीमान् जेठ १४ आयो सुरक्षा खतरा हुन सक्छ,
जोगिएर हिँड्नुपर्छ भनेको थिएँ । उहाँले मलाई केही हँुदैन । कसैको केही
बिगारेको छैन । नखानु नडराउनु, खाएको विष पो लाग्छ नखाएको लाग्दैन
भन्नुहुन्थ्यो । घटना भएको दिन मैले मेरो ज्यानै मारेर श्रीमान्लाई बचाउने
कोसिस गरेको थिएँ तर सकिनँ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।