काठमाडौं । साढे २ अर्ब भन्दा बढी घाटामा रहेको उपत्यका खानेपानी लिमिटेडमा कमजोर सुशासनले संस्था झन् धरासयी बन्दै गएको छ ।
लिमिटेडको अध्यक्ष नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका कमलेश कुमार अग्रवाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेल रहेका छन् ।
कम्पनीको गैर चालु सम्पत्तितर्फ लगानी गत २०७९/८० मा अघिल्लो वर्षको तुलनामा ५१.१५ प्रतिशतले घट्न पुगेको छ ।
नगद तथा नगदजन्य सम्पत्ति पनि २.६७ प्रतिशत न्यून देखिएको छ । यति मात्रै नभएर कम्पनीको जिन्सी मौज्दात समेत ४९ करोड १ लाख ५१ रहेकोमा करिब १३ प्रतिशत घटेर ४२ करोड ८९ हजारमा झरेको छ ।
कम्पनीको २०७९/८० को भौतिक परीक्षण प्रतिवेदन अनुसार जिन्सी मौज्दातमध्ये ५७ प्रतिशत सामान प्रयोगमा नआउने अवस्थामा छन् । जिन्सी सुरक्षा तथा व्यवस्थापन पनि प्रभावकारी देखिएको छैन ।
अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले अहिले पनि संस्थालाई कसरी फाइदामा लैजाने भन्दा पनि व्यक्तिगत फाइदा घाटा हेर्ने गरेको गुनासो छ । कम्पनी यसरी धेरै घाटामा जानुमा आर्थिक अनियमितता, नेतृत्वको उचित पहल कदमी र तत्परर्ता नदेखाउनु रहेको बताइन्छ ।
याे पनि पढ्नुहाेस्
अनियमितताकाे सिकार बन्याे उपत्यका खानेपानी लिमिटेड, घाटा मात्रै साढे २ अर्ब नाघ्यो








