प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंककाे मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्योभन्दा अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।