काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३ सय र त्यति नै परिमाणको चाँदीको ५ हजार ३३५ कायम भएको छ
आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६ सय कायम भएको थियो । एक तोला चाँदी ५ हजार २ सयमा खरिदबिक्री भएको थियो ।
Comments







