नेप्सेमा भारी गिरावट, कारोबार रकम ७ अर्ब माथि

काठमाडाैं । सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा बन्द भएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ८ अर्ब ८९ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ७ अर्ब १८ करोडमा सीमित भएको छ।

यसदिन ३४३ वटा धितोपत्रको एक करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर किनबेच भएको हो। सोमबार २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।