Monday, November 2, 2026
22.6 C
Kathmandu
Home प्रवास NRNA रोमानियाको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

NRNA रोमानियाको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

रोमानिया । गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) रोमानियाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम आइतबार, नोभेम्बर १, २०२६ मा बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा NRNA का डा. हेमराज शर्माको उपस्थिति रहेको थियो। कार्यक्रममा NRNA ICC का महासचिव चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, क्षेत्रीय उपसंयोजकहरू बाबाराजेश्वरी थापा, तीर्थ धमला, निरपेश गिरी र संघर्ष के.सी.को उपस्थिति रहेको थियो।

त्यसैगरी NRNA ICC का पूर्वसचिव भीमकमल के.सी. तथा ICC सदस्य सुरेन्द्र गौतमलगायत NRNA अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा रोमानियामा रहेका नेपालीहरूको सहभागिता थियो।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको विधान, उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै शपथ ग्रहण गरेका थिए।

कार्यक्रममा रोमानियामा रहेका नेपाली श्रमिक तथा नेपाली समुदायको हकहित संरक्षण, संस्थागत एकता, संगठनात्मक सुदृढीकरण, आर्थिक पारदर्शिता र सामाजिक सेवाका विषयमा छलफल भएको थियो। सहभागीहरूले विदेशमा रहेका नेपालीबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित कार्यसमितिको पूर्ण नामावली

अध्यक्ष
१. गोमा देवी थापा मगर

वरिष्ठ उपाध्यक्ष
२. राजु लामा

उपाध्यक्षहरू
३. सागर क्षेत्री
४. सुरेन्द्र लामा
५. थमन गुरुङ
६. टेक्सुराम राई

महासचिव
७. गोविन्द सुब्बा

सचिवहरू
८. माधव घिमिरे
९. सरोज खनाल
१०. कृष्ण बहादुर बि.क.
११. मानबहादुर ब्लोन तामाङ
१२. रञ्जित तामाङ गोले

कोषाध्यक्ष
१३. राजु राना मगर

सहकोषाध्यक्ष
१४. शशी लामा

कार्यसमिति सदस्यहरू
१५. मनिष खत्री
१६. अनिल पाण्डे
१७. सन्तोष थापा मगर
१८. अम्बरबहादुर तामाङ
१९. गन्दीप मगर
२०. लिला देवी ढकाल
२१. ऋषिराम घिमिरे
२२. म्याक्स सिंह
२३. रोशन कुमार औरी
२४. रुद्रबहादुर थामी
२५. रमेश गिरि


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।