काठमाडाैं । बेल्जियम ब्रसेल्स नेपाली दुतावास ब्रसेल्समा कार्यरत स्थानीय कर्मचारी बद्री दवाडीको श्रम सम्झौता नवीकरण नगरेपछि सामाजिक सञ्जालमा अहिले दुतावासको कार्यप्रति आपत्ति प्रकट गरिएको छ।
दवाडी ९ अप्रिल १९९५ देखि दुतावासमा रिसेप्सनिस्ट पदमा कार्यरत थिए। उनको श्रम सम्झौता प्रत्येक वर्ष नवीकरण गरिदै आएको थियो। दवाडीले आफु जापान भ्रमणका बेला अन्तिम समयमा राजदुत सेवा लम्सालले आफ्नो सम्झौता पत्रमा हस्ताक्षर नगरेको बताएका छन्।
उनले बेल्जियममा स्थित कुनै एक संस्थाका अध्यक्षलाई आफ्नो समस्या सहित निवेदन दिएका थिए। उक्त निवेदन सामाजिक संजालमा बाहिरिएपछि यहाँका नेपाली तथा संघ संस्था प्रतिनिधिले दुतावासको कार्य दुतावासको कार्यको घोर विरोध गरिरहेका छन्। यस बारेमा नेपाली दुतावास ब्रसेल्सकी उपनियुक्त प्रमुख रिचा भट्टराईले सामाजिक संजालमा आए जस्तो नभई नियम अनुसार नै श्रम सम्झौता नवीकरण नगरिएको बताइन।
उनका अनुसार दवाडीको श्रम सम्झौता प्रत्येक वर्ष गरिने हुदा उनलाई सबै जानकारी दिएरै निकालिएको छ। दुई कर्मचारी मध्ये जसको बढी तलब छ उसैलाई निकाल्नुपर्ने निचोड र बजेट अनुसार फिलिपिन्स कर्मचारीलाई राखिएको हो।
अर्कोतर्फ दुतावासलाई आइटी मैत्री गराउने उद्देश्यको कारण पनि दवाडीको ठाउँमा मन्त्रालयमा कार्यरत नविन कुमार झा उक्त पदमा कार्य सम्हालिरहेका छन्।




