प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।
त्रिभुवन विमानस्थलबाट न्यूयोर्क जाने क्रममा यो पटक अलिक फरक दृश्य देखियो । न कुनै रातो कार्पेट ओछ्याईएको थियो भने न त बिदाई गर्नेको लावा लस्कर नै । बालेन शाहले पुरानो प्रवृत्तिलाई त्याग्दै कतार एयरको नियमित उडानबाट न्यूर्याक प्रस्थान गरेका हुन् ।
उनी सिँधै अमेकिरका भने पुग्ने छैनन् । उनी कतारमा ५ घण्टा ट्रान्जजिट फ्लाइटमा वेटिङमा बस्नेछन् । त्यसपछि भने उनी अमेकिार उड्नेछन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।



