काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई दलले सरकार गठनको प्रक्रिया सुरु गरेका हुन् भने अब मुख्यमन्त्री बन्ने पहिलो प्रदेश तीन बन्ने सम्भावना देखिएको छ ।
एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै वाम दलले सरकार गठन प्रक्रिया सुरु भएको हो ।
माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले आइतबार प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको जनाएका छन् ।
प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ ।
Comments





![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)


