फाइल फोटो

जेठ २५ । देशका विभिन्न ठाउँमा गत वर्षहरु पनि देखिए जस्तै यस वर्ष पनि विद्यार्थीहरु विद्यालय भित्रै अचानक बेहोस हुन थालेका छन् ।

झापाको पृथ्वीनगरस्थित विद्यालयमा तीन सातादेखि विद्यार्थी कक्षामै अचानक बेहोस हुने क्रम बढेको छ । कक्षा सञ्चालन भइरहेको बेलामा बुधबार पनि २५ जना विद्यार्थी बेहोस भएका थिए ।

यसरी कक्षा कोठामै विद्यार्थी बेहोस भएपछि विद्यालय व्यवस्थापनले एक साताका लागि विद्यालय बन्द नै गरेको छ ।

विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी बुधबारदेखि एक साताका लागि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट तीन सदस्यीय चिकित्सक टोलीले बुधबार उक्त विद्यालयका विद्यार्थीका स्वास्थ्य परीक्षण गरेपछि उनीहरुमा मासफोबियाको लक्षण देखिएको जनाइएको छ ।

विद्यार्थी कक्षा कोठाभित्रै बेहोस भएर ढल्ने गरेको समाचारहरु गत वर्ष पनि निक्कै आएका थिए । तर यसको खास कारण पत्ता लागेको छैन । चिकित्सकहरु मासफोबियाले गर्दा यस्तो हुने बताउँछन् । कोही भने कक्षा कोठा सानो भएर अक्सिजन कमीको कारण पनि यस्तो हुन सक्ने बताउँछन ।
  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।