मेडिकल व्यापारी प्रसाईंको ओलीलाई ८ करोडको ‘वन पिस’ गाडी

काठमाडौं । मेडिकल माफियाको नामबाट समेत चिनिने मेडिकल व्यापारी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीलाई आठ करोडको गाडीमा चढाएका छन् । ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई मेडिकल व्यापारी दुर्गा प्रसाईले आफ्नो आठ करोडको गाडीमा चढाएका हुन् ।

प्रसाईं आइतबार मात्र बिर्तामोडको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा औपचारिक रुपमा प्रवेश पनि गरेका थिए । ओलीलाई स्वागत गर्न प्रसाई आफ्नै गाडी लिएर विमानस्थल पुगेका थिए । प्रसाईको ८ करोडको गाडी ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो । सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ । तर, ओलीको स्वागतमा प्रसाईको गाडी तयार गरेका हुन् । त्यहीँ गाडीमा ओलीले गृहजिल्लामा सयर गरे ।

बिर्तामोडमा त प्रसाईले नातामा ओलीले आफ्नो हजुरबुवासम्म पर्ने बताए । प्रसाईले ८ करोडको गाडी, वन पिस गाडी आफूले मात्र चढ्ने भन्दै अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको बताए । ओलीको सवारीमा गाडीको लस्करकै लागेको थियो । करिब २० भन्दाबढी गाडी सडकमा लस्करै लागेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।