काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)का लागि आवेदन खुलेको छ ।
छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो । इच्छुक आवेदकलाई साउन २६ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएकोछ ।
नेप्सेको व्यवसायिक कार्यायोजनासहित ५ हजार शुल्क बुझाइ दरखास्त आवेदन दिन सक्नेछन् ।




