एउटै मोबाइलमा यसरी ठगिरहेछ दराजले सर्वसाधरण

काठमाडौं २५ कात्तिक । दराजको बेवसाइट खोलेर माइक्रोम्याक्स कोमान्डो (एक्ससेभन फोर फोर) को मूल्य हेर्नुभयो भने १८ प्रतिशत छुटसहित २ हजार ४९ रुपैयाँ देख्नुहुन्छ । त्यहीँ मोबाइललाई अहिले दराजले मेगा सेलको नाममा १० प्रतिशत मात्र छुट दिएको छ । तर मूल्य भने १६६९ राखिएको छ ।
अचम्मको कुरो के भने, १८ प्रतिशत छुट दिँदा २ हजार ४९ हुने र १० प्रतिशत छुट दिँदा सोही सामानको मूल्य १६६९ कसरी भयो ? प्रश्न उठ्नु स्वभाविक हो ।
यहाँ के पुष्टि हुन्छ भने दराजले यसअघि १८ प्रतिशत छुटको नाममा सर्वसाधरण ठग्दै आएको थियो । अहिले आएर भने उसले १० प्रतिशतको नाममा सोही सामान १६६९ मा बेचिरहेको छ । यसअघि सोही सामान किन्ने ग्राहक २ सय बढी रुपैयाँ ठगिमा पर्दै आएको पाइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।