मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् ।

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले राससलाई बताउनुभयो । यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् ।

spot_img

More like this

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा...

टेनिस राेका काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ...

७२ घण्टामा हतियार पुग्ने विश्वमा किसानलाई जीविकोपार्जनबाट वञ्चित नगरौँ...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक...