मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् ।

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले राससलाई बताउनुभयो । यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् ।

spot_img

More like this

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी...

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र...

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे...