काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिएका छन् । उनले यो गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् । गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले ‘त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने’ टिप्पणी गरे ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए । अध्यक्ष ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको आरोप लगाए ।
Comments







