काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई आफूसँग हुँदा इमान र अर्कोसँग जानेबित्तिकै बेइमान नहुने जवाफ दिएका छन् ।
उनले राजनीतिमा केही आशंका पैदा भएपछि गठबन्धन नै बदल्ने अवस्थामा पुगिएको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य तोडिएको विषयमा पनि प्रसंग उल्लेख गरेका थिए।
कांग्रेसले बिहीबार नै संसदीय दल बैठक गरेर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको थियो। उक्त निर्णयसहितको समाचार आफूले पढेको प्रधानमन्त्री दाहालले बताए।
‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’
Comments








