काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाकाे निधन भएकाे छ । जिल्लाकाे आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको हाे ।
दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जनाएकाे छ ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बसमा चालक, सहचालकसहित ४३ जना रहेकाे जनाइएकाे छ ।
Comments







