काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने घोषणा गरेका हुन् ।

‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । जेलबाट रिहा भएपछि म अग्निपरीक्षा दिन चाहन्छु,’ उनले भनेका छन् । केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।