काठमाडौं । माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको अवरोध गर्ने निर्णय गरेको छ । एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशश्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि त्यसको विरोधमा माओवादी छ ।
यही विषयमा आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधिसभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।
Comments