काठमाडाैं । बालेन सरकारको पहल कदमीपछि तीन दशकदेखि बन्द हेटौँडा कपडा उद्योग फेरि चल्न थालेको छ। अझ रोचक कुरा—कहिल्यै नचल्ने भनिएका पुराना मेसिनलाई मर्मत गरेर अहिले कपडा उत्पादन भइरहेको छ।

हेटौँडा कपडा उद्योगमा अहिले परीक्षण उत्पादन भइरहेको छ।

उद्योगमा रहेका ४८८ वटा कपडा बुन्ने तान मेसिनमध्ये १० वटा सञ्चालनमा ल्याएर कपडा उत्पादन सुरु गरिएको हो। थप १० वटा मेसिन पनि उत्पादनका लागि तयारी अवस्थामा छन्।

अहिले चलिरहेका १० मेसिनमध्ये ३ वटालाई पूर्ण रूपमा स्वचालित बनाइएको छ। बाँकी मेसिनलाई पनि आधुनिक र स्वचालित प्रणालीमा लैजाने गरी मर्मत भइरहेको छ।

नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा सैनिक उद्योग पुनः सञ्चालनको काममा खटिएका छन्। उनीहरूसँगै उद्योगका पुराना कर्मचारी र टेक्सटाइल क्षेत्रका दक्ष प्राविधिकले पनि काम गरिरहेका छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।