काठमाडौं १६ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई आफूलाई हटाउने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका छन् । घिसिङले मन्त्री खड्काले पूर्वाग्रही बनेर स्पष्टीकरण सोधेको समेत जनाएका छन् ।

मन्त्री खड्काको निर्णयअनुसार सोधिएको २४ घण्टे स्पष्टीकरणको बिहीबार जवाफ दिँदै उनले मन्त्रालयले स्पष्टीकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको उल्लेख गरेका छन् । स्पष्टीकरण सोध्ने काम नै प्रक्रियागतरूपमा त्रुटीपूर्ण, अनाधिकारयुक्त एवम् पूर्वाग्रह प्रेरित रहेको जवाफ घिसिङले दिएका हुन् ।

वर्तमान सरकार आएदेखि नै कुलमानलाई हटाउन पटक पटक स्पष्टिकरण सोध्ने कार्य हुँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।