काठमाडाैं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ हुने भनेर जनतालाई आतंकित पार्ने काम गरेको भन्दै उनलाई बर्खास्त गर्नु पर्ने बताएकी छिन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माओवादी सांसद बस्नेतले
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि हुँदैन भनी रहदा मन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको समेत बताएकी छन्।
सांसद बस्नेतले नेपालमा लोडसेडिङको अन्त्य माओवादीले नियुक्त गरेका कुलमान घिसिङले नगरेको भन्दै भारत र निजि कम्पनीहरुका कारणले भएको सम्म भनेको प्रति आक्रोश पनि ब्यक्त गरिन् ।
उनले यसरी प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा मन्त्री खड्का आफै संलग्न देखिएको पनि दाबी गरिन् ।
Comments







