काठमाडौं । राजावादी समुहले तिनकुनेमा १५ चैतमा गरेकाे हिंसात्मक आन्दाेलनसँग सम्बन्धित अमेरिकामा विद्यावारिधी गरेका एक जना पक्राउ परेका छन् । प्रहरीले रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक डा. राजकुमार राईलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले सार्वजनिक गरेको ४१ आन्दोलनकारीको सूचीमा ६३ वर्षीय राईको नाम १७ नम्बरमा छ । उनलाई तीनकुनेको निजी घरमा आगजनी गरिएको घटनासँग जोडेर पक्राउ गरिएको जनाइएकाे छ । पक्राउ परेका अरुसँगै उनको पनि सुरुमा ५ दिन र पुन: छ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।
राईलाई भाटभटेनीको घटनाको सीसीटीभी फुटेज हेरेर पक्राउ गरिएको चर्चा भए पनि तीनकुनेको आगजनीसँग सम्वन्धित रहेको पाइएको हो । उनले तिनकुने घटनाका विषयमा विभिन्न स्टाटस लेखेकाे पाइएकाे छ ।
खोटाङ रावाबेँसी गाउँपालिका-१ घर भएका उनले अमेरिकाबाट पीएचडी गरेका हुन् ।
Comments







